राजनीति


शक्तिकेन्द्र धाउने सशस्त्रका दुई एसएसपी र एक एसपीलाई सोधियो स्पष्टीकरण

शक्तिकेन्द्र धाउने सशस्त्रका दुई एसएसपी र एक एसपीलाई सोधियो स्पष्टीकरण

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार २१:१५, काठमाडौँ

सशस्त्र प्रहरी मुख्यालयले आफ्ना तीन कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। संगठनको नीतिविपरित व्यक्तिगत लाभका लागि शक्ति केन्द्र धाएको भएको मुख्यालयले शुक्रबार स्पष्टीकरण सोधेको हो। 

स्पष्टीकरणमा दुईजना वरिष्ठ उपरीक्षक (एसएसपी) र एक जना उपरीक्षक (एसपी) परेका हुन्। 

एसएसपी नेत्र कार्की र राजेश उप्रेती तथा एसपी हर्कराज पन्तलाई स्पष्टीकरण सोधिएको हेडक्वार्टर उच्च स्रोतले जानकारी दिएको छ। उनीहरू संगठनसँग अनुमति नलिई सिंहदरबार पुगेर लविइङ गरेका थिए। 

व्यक्तिगत लाभका लागि धाएको पाइएपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको मुख्यालयको दाबी छ।  

एसपी पन्त बढुवाको लविङमा छन्। यसअघि ७६१ थान मोवाइल तस्करी आरोपमा उनलाई घटुवा गरिएको थियो। तातोपानी भन्सार हुँदै मोबाइल तस्करी गरेको आरोपमा उनलाई डीएसपीबाट इन्सपेक्टरमा घटुवा गरिएको थियो। 

हाल एसपीबाट एसएसपीको बढुवाका लागि लविइङमा लागेका हुन्। सशस्त्र प्रहरीले संगठनको कामले बाहेक अनावश्यक भेटघाटमा प्रतिबन्ध लगाएको छ। जरुरी कामले भेट्नु परे पनि प्रयोजन खुलाएर अनुमति माग्नु पर्ने नीति अगाडि सारेको थियो। तर उनीहरूले त्यसलाई चुनौती दिएको हेडक्वाटरको दाबी छ।

यस्तै, सिंहदरबार प्रवेश गर्ने आफ्ना कर्मचारीको विवरण पनि उपलब्ध गराइदिन सशस्त्र प्रहरीले प्रहरी मुख्यालयलाई पत्राचार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad