राजनीति


संसदीय समिति सभापतिमा एमाले र नेकपाका उम्मेदवारलाई मत दिन कांग्रेसको सर्कुलर

संसदीय समिति सभापतिमा एमाले र नेकपाका उम्मेदवारलाई मत दिन कांग्रेसको सर्कुलर

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १३:११, काठमाडौँ

नेपाली कांग्रेसले संसदीय समितिको सभापतिमा विपक्षी दलका उम्मेदवारलाई समर्थन गर्न सर्कुलर जारी गरेको छ।

आज हुन लागेको संसदीय समितिका सभापतिको निर्वाचनमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारलाई मत दिन कांग्रेसले सर्कुलर जारी गरेको हो। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एमालेका गुरु बराल र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) मा नेकपा उम्मेदवार गरिमा शाहलाई मत दिन सर्कुलर जारी गरिएको छ। 

सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसका भरतबहादुर खड्का निर्विरोध भइसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नौ जना निर्विरोध भएका छन्। प्रतिनिधि सभा अन्तर्गतका नौ र एउटा संयुक्त समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन्। 

समितिको सभापतिमा मनोनयनका लागि बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्ममा एक मात्र उम्मेदवारी परेका १० समितिमा सभापति निर्विरोध भएका छन्। निर्विरोध हुनेमा कानुन समिति सभापतिमा समीक्षा बाँस्कोटा, कृषि समिति सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला समितिको सभापतिमा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल रहेका छन्। 

यस्तै, संसदीय सुनुवाई विशेष समिति सभापतिमा बोधनारायण श्रेष्ठ, उद्योग समिति सभापतिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय समिति सभापतिमा सुम्निमा उदास र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी निर्विरोध भएका छन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको सहज बहुमत भएकाले शेरचन र कार्की निर्वाचित हुने निश्चित छ। १८२ सांसद भएको रास्वपाको सबै समितिमा बहुमत सांसद छन्। 

एमालेका बराल र नेकपाकी शाहलाई सम्बन्धित समितिमा रहेका तीन दलका सांसदले मत दिए पनि जितका लागि पर्याप्त छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad