राजनीति


रास्वपाले टुंग्यायो संसदीय समितिको सभापतिका उम्मेदवार, लेखा कांग्रेसलाई दिने

रास्वपाले टुंग्यायो संसदीय समितिको सभापतिका उम्मेदवार, लेखा कांग्रेसलाई दिने

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १३:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिको उम्मेदवार टुंगो लगाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले सबै समितिको सभापतिको उम्मेदवार टुंगो लगाएको रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाले कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बाँस्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्निमा उदास, अर्थ समितिको सभापतिमा कृष्णहरी बुढाथोकी र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। 

रास्वपाले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवार नबनाउने भएको छ। लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने निर्णय भएको बुर्लाकोटीले बताए। 

संसदीय संसद्का दुवै समितिको सभापति भने रास्वपाले आफैसँग राख्ने भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुई वटा संयुक्त समितिमध्ये संसदीय सुनुवाई समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad