सभामुख डोलप्रसाद (डीपी) अर्यालका तीन वटा गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
बुधबार थापाथलीबाट सिंहदरबारतर्फ जाने क्रममा लेनक्रस गरेपछि सभामुख अर्यालका गाडी कारबाहीमा परेका हुन्। ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको छ। सभामुख अर्यालका अगुवापछुवा गाडीलाई पनि चिट काटिएको छ।
यसअघि भीभीआईपीलाई लेन क्रसमा कारबाही भएको थिएन। तर गृहमन्त्री सुधन गुरुङले ट्राफिक नियम सबैलाई समान रुपमा लागू हुने बताएका थिए। उनले भीआईपीका लागि नागरिकलाई सास्ती नदिन पनि निर्देशन दिएका थिए।
थापाथलीमा ट्राफिक नियम उल्लंघन गरेर उनी बुधबार सिंहदरबार पुगेका थिए। ट्राफिकले सिंहदरबारै पुगेर चिट थमाएको हो।
891
Shares

प्रतिक्रिया