राजनीति


कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

नेपालखबर
चैत ३०, २०८२ सोमबार १५:४१, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ। 

आउँदो वैशाख २ गते बुधबार बिहान ११ बजे अनुशासन समितिको बैठक बोलाइएको सचिव दिनेश थापा मगरले जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामै अनुशासन समितिको बैठक बोलाइएको हो। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि अनुशासन समितिको बैठक बोलाइएको हो। बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। 

अनुशासन समितिको बैठकमा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निकालेको विज्ञप्तिका विषयमा छलफल हुने जनाइएको छ। खड्काले कार्यवाहक सभापति भनेर सोमबार विज्ञप्ति निकालेका छन्।

यसअघि पनि खड्काले कार्यवाहक सभापति भनेर विज्ञप्ति निकालेका थिए। त्यतिबेला बसेको कांग्रेसको अनुशासन समितिको बैठकले खड्कालाई सचेत गराउने निर्णय गरेको थियो। फेरि कार्यवाहक सभापति भनेर विज्ञप्ति निकालेपछि अनुशासन समितिको बैठकमा छलफल हुने भएको हो। 

यससँगै गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, असहयोग गर्ने लगायतका नेता तथा कार्यकर्ताविरुद्ध आएका उजुरीका विषयमा पनि छलफल हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad