राजनीति


संसद् चलाउने 'गाइडलाइन' बनाउँदै ६ दलका सांसद

संसद् चलाउने 'गाइडलाइन' बनाउँदै ६ दलका सांसद

सांसद गणेश पराजुलीसहित १५ सांसद न्यायावली बनाउने समितिमा छन्


नेपालखबर
चैत २९, २०८२ आइतबार १४:१६, काठमाडौँ

प्रतिनिधिसभाको कामकारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘प्रतिनिधिसभा सञ्चालन नियमावली’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नयाँ नियमावली तर्जुमाका लागि गठित मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा बसिरहेछ।

गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिले संसद् सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे दफावार छलफल गरिरहेको छ। बैठकमा समितिका सदस्यहरूले संसदीय प्रक्रियालाई थप पारदर्शी र समसामयिक बनाउन विभिन्न अध्यायहरूमा संशोधन प्रस्ताव पेस गरेका छन्।

मस्याैदा समितिमा ६ दलकै सांसदहरू छन्।

संसदीय व्यवस्थामा नियमावलीले प्रतिनिधिसभाको बैठक कसरी बस्ने, कति बेला बस्ने र बैठकमा कुन विषयलाई कति समय दिने भन्ने कार्यविधि यसैले तय गर्छ। सभामुखको भूमिका, सांसदहरूको अधिकार र मर्यादा तथा बैठकको कार्यसूची निर्धारणमा यसले मार्गदर्शन गर्दछ।

यो नियमावलीले संसदीय समितिहरूको कार्यक्षेत्र तोक्ने, कानुन निर्माणको प्रक्रियालाई नियमन गर्ने र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन 'प्रश्न-उत्तर' लगायतका विशेष व्यवस्थाहरूको सुनिश्चितता गर्छ।

समिति गठन भएलगत्तै मस्यौदा तयार पार्ने कामले तीव्रता पाएको छ। बैठकमा सदस्यहरूको सक्रिय सहभागिता रहेको र छिट्टै अन्तिम मस्यौदा प्रतिनिधिसभामा पेस गरिने तयारी छ। नियमावली पारित भएपछि नयाँ संसद्को कार्यसञ्चालन थप परिष्कृत र व्यवस्थित हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad