राजनीति


पश्चिम एसियामा नेपाली अलपत्र छैनन् : परराष्ट्र मन्त्रालय

पश्चिम एसियामा नेपाली अलपत्र छैनन् : परराष्ट्र मन्त्रालय

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १८:२, काठमाडौँ

पश्चिम एसियामा बढ्दो क्षेत्रीय तनाव र द्वन्द्वका बाबजुद त्यहाँका विभिन्न मुलुकमा नेपाली नागरिकहरू ट्रान्जिटमा रहेको वा अलपत्र परेको अवस्था नरहेको सरकारले स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका नेपाली नियोगहरू र मन्त्रालयको हटलाइनमा अलपत्र परेको कुनै पनि आधिकारिक उजुरी वा जानकारी नआएको जानकारी दिए।

पछिल्ला दिनहरूमा पश्चिम एसियाको आकाश केही हदसम्म खुला हुन थालेपछि हवाई सम्पर्कमा सुधार आएको र स्वदेश फर्किन चाहने नेपालीका लागि वातावरण सहज बन्दै गएको मन्त्रालयको भनाइ छ। परराष्ट्रमन्त्रीको विशेष पहलमा निजी तथा सरकारी हवाई सेवा प्रदायकहरूसँग भएको छलफलपछि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडानहरू सुचारु गरिसकेका छन्।

'हवाई सम्पर्क, उडान सुधार हुन थालेको छ। परराष्ट्रमन्त्रीको पहल र अग्रसरतामा हवाई सेवा प्रदायकहरूसँग भएको निर्णयअनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहितले नियमित उडान गरिरहेका छन्। हालसम्म धेरै उडान सेड्युलहरू तय गरिसकेका कारण अब नेपालीहरू पश्चिम एसियामा अलपत्र पर्नुपर्ने अवस्था छैन।'

द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई लिएर सरकारले निरन्तर अनुगमन गरिरहेको मन्त्रालयले जनाएको छ। हवाई मार्ग सुरक्षित देखिन थालेपछि पछिल्लो समय उडानहरूको सङ्ख्या थपिने क्रममा रहेको र नियमित सेड्युलहरू तय भइसकेकाले आवतजावतमा थप सहज बन्दै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad