हिन्द महासागर सम्मेलनका क्रममा मोरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच शुक्रबार पोर्ट लुइसमा द्विपक्षीय भेटवार्ता भएको छ।
नवौँ हिन्द महासागर सम्मेलन (आईओसी) को साइडलाइनमा भएको यो भेटमा दुई देशबीचको साझेदारी र क्षेत्रीय सहकार्यका विविध आयामबारे छलफल भएको हो।
बिहीबार मोरिससतर्फ प्रस्थान गरेका मन्त्री खनालले सम्मेलनमा ‘माउन्टेन–ओसियन कनेक्टिभिटी’ (हिमाल र महासागरको सम्बन्ध) को मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्। भूपरिवेष्ठित राष्ट्र भए पनि नेपालले आफ्नो वैदेशिक व्यापारका लागि समुद्री मार्गको अपरिहार्यता र हिन्द महासागरको स्वास्थ्यमा आफ्नो हिस्साबारे सम्मेलनमा राष्ट्रिय अडान राख्ने बताइएको छ।
यो पनि: दिल्लीसँग ‘साइडलाइन’देखि मरिससको समुन्द्रसम्म: परराष्ट्रमन्त्री खनालको पाँचदिने यात्रा
Shares

प्रतिक्रिया