राजनीति


उपसभामुख पद पाउने भएपछि हर्क साम्पाङले गरे प्रधानमन्त्री बालेनसँग ‘मिल्ने’ कुरा

उपसभामुख पद पाउने भएपछि हर्क साम्पाङले गरे प्रधानमन्त्री बालेनसँग ‘मिल्ने’ कुरा

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १३:५१, काठमाडौँ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पद आफ्नो पार्टीलाई दिने भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) पहिलोपटक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)प्रति सकारात्मक देखिएका छन्।

गत भदौमा जेनजी आन्दोलनपश्चात् अन्तरिम सरकार गठनका बेला आफूलाई प्रधानमन्त्री पदमा समर्थन नगरेको भन्दै धरान उपमहानगरपालिकाका तत्कालीन मेयर साम्पाङले काठमाडौँका तत्कालीन मेयर बालेनविरुद्ध सामाजिक सञ्जालमार्फत निरन्तर आलोचना गरिरहेका थिए। 

त्यसो त यो क्रम उनले बालेन प्रधानमन्त्री भइसक्दा पनि जारी राखेका थिए। 

तर उपसभामुख पदमा रास्वपाले आफ्नो पार्टीकी सांसद रुबी ठाकुरलाई समर्थन गरेको भोलिपल्टै शुक्रबार श्रम संस्कृति पार्टीको संसदीय दलका नेता साम्पाङले रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेनसँग 'मिल्ने' कुरा गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘बालेनजी र म मिलेको हेर्न चाहने जतिले लाइक गरुम् त!’

उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सांसद सरस्वती लामालाई उम्मेदवार बनाएको छ।

उक्त पदमा आज निर्वाचन हुँदै छ। 

तर प्रतिनिधि सभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत (१८२ सिट) भएकाले उसको समर्थन पाएको रुबी ठाकुर नै उपसभामुख बन्ने निश्चित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad