राजनीति


उपसभामुखमा ठाकुरलाई मत दिने रास्वपा संसदीय दलको निर्णय

उपसभामुखमा ठाकुरलाई मत दिने रास्वपा संसदीय दलको निर्णय

तस्बिर: सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २७, २०८२ शुक्रबार १३:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलले प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार रुबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। 

शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले ठाकुरलाई मत दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकपछि प्रवक्ता झाले भने, ‘प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्तावित उम्मेदवार माननीय रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्न संसदीय दलको बैठकले पारित गरेको छ।’

संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा रास्वपा सभापति रवि लामिछानेलगायत सांसद उपस्थित रहेका थिए। 

प्रतिनिधि सभाको उपसभामुखका लागि श्रम संस्कृति पार्टीबाट ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती तामाङ उम्मेदवार रहेका छन्। आज अपराह्न ४ बजे प्रतिनिधि सभामा उपसभामुखको निर्वाचनको कार्यसूची रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad