राजनीति


आज हाजिरी जमानीमा छुट्दै ओली र लेखक

आज हाजिरी जमानीमा छुट्दै ओली र लेखक

नेपालखबर
चैत २६, २०८२ बिहिबार १०:२५, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज (बिहीबार) हाजिरी जमानीमा रिहा गर्ने भएको छ।

सर्वोच्च अदालतको आदेशअनुसार कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले नेपालखबरलाई बताए।

उनले भने, ‘कसैकाे जिम्मा लगाएर छाड्ने प्रक्रियामा छाैँ। पत्र आएको छ।’

गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १४ गते शनिबार पक्राउ गरेको थियो।

बिरामी भएका कारण एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई महाराजगन्जमै रहेको प्रहरीको २ नं गणमा राखिएको छ। 

गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरूलाई थुनामुक्त हुने बाटो खुलाएको हो। अब उप्रान्त म्याद थप नगर्न भनेको छ। 

जुन आदेशका कारण उनीहरू अब थुनामा बस्नु नपर्ने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad