राजनीति


राष्ट्रपति पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

नेपालखबर
चैत २५, २०८२ बुधबार १७:४५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। 

राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। बुधबार राष्ट्रपतिको कार्यालयले संसद् सचिवालयलाई पत्र पठाएर त्यसको व्यवस्था गर्न भनेको छ। 

राष्ट्रपतिको कार्यालयका सचिव महादेव पन्थले पठाएको पत्रमा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेको उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad