नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई प्रतिनिधिसभाको दसौँ सभामुखका रूपमा शपथ गराएका हुन्।
यसअघि आइतबार नै बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२ सांसदको समर्थन र अन्य दलको उम्मेदवारी नपरेपछि अर्याल सर्वसम्मत चयन भएका हुन्।
धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका अर्याल रास्वपाका संस्थापक उपाध्यक्ष हुन्। २०७९ सालमा पार्टी स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी काठमाडौँ क्षेत्र नं. ९ बाट निर्वाचित सांसद हुन्। अघिल्लो संसदीय कार्यकालमा उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन् बनेका थिए।
संसद्मा बढ्दो राजनीतिक ध्रुवीकरण र दलहरूबीचको मतभेद अन्त्य गर्दै सदनलाई सन्तुलित ढङ्गले अघि बढाउनु उनको प्रमुख चुनौती हुनेछ।
Shares

प्रतिक्रिया