राजनीति


‘जातका नाममा आजसम्म संगठित अपराध गरियो, अब कसैले झुक्नुपर्दैन’

‘जातका नाममा आजसम्म संगठित अपराध गरियो, अब कसैले झुक्नुपर्दैन’

नेपालखबर
चैत १९, २०८२ बिहिबार १४:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब जातका आधारमा कसैले झुक्नु नपर्ने बताएका छन्।

पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जातका नाममा संगठित अपराध गरिएकोले अब सो नदोहोरिने दाबी गरे।

‘अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन,’ उनले भने, ‘यो माफीको मूल्य न्यायले गर्नेछ।’ 

 लामिछानेले खगेन्द्र सुनारहरु माथि गरिएको युगौयुगको अन्याय हुँदा विगतमा कसैले माफी नमागेको भन्दै उनले आफैँ माफी मागेको बताए।

‘संगठित अपराध थियो, यो सरकार पहिलो पटक सार्वजनिक रुपमा माफी माग्दैछ यो सदनबाट,’ लामिछानेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad