राजनीति


गगन थापासँग सहमति गर्न सकिन्छ, तर झुकेर जाने भन्ने हुँदैन: शेखर कोइराला

गगन थापासँग सहमति गर्न सकिन्छ, तर झुकेर जाने भन्ने हुँदैन: शेखर कोइराला

नेपालखबर
चैत १८, २०८२ बुधबार १८:४२, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमा अहिले देखिएको विवाद समाधान गर्न सहमति गर्न सकिने बताएका छन्। 

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सबैको आत्मसम्मान हुने गरी पार्टीमा सहमति गरेर जानुपर्ने बताए। ‘पार्टी एकताका लागि उहाँहरू (गगन थापा विश्वप्रकाश शर्माहरू) सँग सहमति गर्न सकिन्छ तर झुकेर होइन,’ डा. कोइरालाले भने, ‘झुकेर जाने भन्ने हुँदैन। दुवै पक्ष बसेर संवादबाट सहमतिमा पुग्नुपर्छ।’

कांग्रेस सक्काउने योजनाअनुसार नेताहरू प्रयोग भएको नेता कोइरालाको भनाइ थियो। ‘कनट्रोल्ड डेमोक्रेसिको प्य्राक्टिस हुँदै छ। कांग्रेसलाई सक्काउने डिजाइन अनुसार नै सबै प्रयोग भएका छन्,’ उनले भने। 

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. कोइराला पक्षका नेताहरूको बैठक मंगलबार र बुधबार धुम्बाराहीमा बसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad