ad ad

राजनीति


नेकपा सचिवालय बैठक सम्पन्न, स्थायी समिति बैठकबारे नीति तथा कार्यक्रमपछि मात्रै छलफल हुने

नेकपा सचिवालय बैठक सम्पन्न, स्थायी समिति बैठकबारे नीति तथा कार्यक्रमपछि मात्रै छलफल हुने

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ५:४४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका बारेमा केन्द्रित रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रवक्ता श्रेष्ठले आज सचिवालय बैठमा प्रधानमन्त्री ओलीले सरकारका नीति तथा कार्यक्रमका बारेमा सुझाब मागेको र त्यसका बारेमा केही विषयमा महत्वपूर्ण विषयमा सुझाब दिने काम भएको बताए।

‘प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गर्नुभयो’ उनले भने, ‘त्‍यसका बारेमा केही विषयमा महत्वपर्ण सुझावहरु सचिवालय बैठकबाट दिने काम भयो।’

प्रवक्ता श्रेष्ठले आजको बैठकमा स्थायी समिति बैठकबारे कुनै छलफल नभएको भन्दै नीति तथा कार्यक्रम आएपछि बस्ने सचिवालय बैठकले यसबारे निर्णय गर्ने बताए।

‘स्थायी कमिटी बैठकको बारेमा आज कुनै टुंगो भएको छैन्’, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘नीति तथा कार्यक्रमपछि हुने सचिवालय बैठकमा स्थायी कमिटी बैठकबारे छलफल होला।’

नेकपाको वैशाख २० गते बसेको बैठकले स्थायी समिति बैठक २४ गतेलाई बोलाएको थियो। दुई अध्यक्षबीच सहमति नहुँदा उृक्त बैठक स्थगित भएको थियो भने वैशाख ३० गतेका लागि बोलाइएको अर्को बैठक कोरोनाका कारण स्थिगित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .