राजनीति


उर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

उर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

नेपालखबर
चैत १८, २०८२ बुधबार १४:५५, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउन ‘सुशासन एकाइ’ गठन गरेका छन्। 

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र मन्त्रिपरिषद्को निर्णयअनुसार सुशासन एकाइ गठन गरिएको मन्त्रालयले जनाएको छ। एकाइले मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीको कार्यसम्पादनको नियमित अनुगमन र मूल्याङ्कन गर्नेछ।

एकाइको संयोजकका रूपमा  प्रशासन महाशाखाका सहसचिव रहनेछन्। त्यस्तै, कार्यक्रम, बजेट तथा अनुगमन, जलस्रोत, ऊर्जा, विकास सहायता तथा प्रादेशिक समन्वय, जल तथा मौसम, तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिवहरू सदस्य रहने व्यवस्था गरिएको छ। सूचना तथा जनसम्पर्क शाखाका उपसचिवले एकाइको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने जनाइएको छ। 

एकाइले विशेषगरी ‘डेलिभरीमा आधारित शासन प्रणाली’ अन्तर्गत मन्त्रालयले निर्धारण गरेका कार्यहरू तोकिएको समयसीमाभित्र सम्पन्न भए/नभएको, जिम्मेवार अधिकारीले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरे/नगरेको तथा कार्यसम्पादन सूचकहरूको कार्यान्वयन अवस्था कस्तो रहेको छ भन्ने विषयमा निगरानी गर्ने भएको छ। 

त्यस्तै, कर्मचारीको कार्यविवरणअनुसार कामको प्रगति, कानुनी समयसीमाको पालना तथा सरकारी स्रोत साधनको सदुपयोगको अवस्थाबारे पनि मूल्याङ्कन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad