राजनीति


संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०८२ मंगलबार १२:२२, काठमाडौँ

संसद् सचिवालयले संसद् बैठक बस्नुअघि सर्वदलीय बैठक आह्वान गरेको छ। 

संसद् सचिवालयले चैत १९ गते बिहीबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको हो। 

गएको २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ। 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो २ बजेका संघीय संसद्को अधिवेशन आह्वान गरेका हुन्।

त्यसअघि सर्वदलीय बैठक बोलाइएको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए।  

बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीलाई आमन्त्रण गरिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad