नेकपा (एमाले)का सचिव महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी दिन जिल्ला अदालत, काठमाडौँले अस्वीकार गरेको छ।
सोमबार जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पक्राउ पुर्जी दिन अस्वीकार गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौँले पक्राउ पुर्जीका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो। त्यसमाथि सुनुवाइ गर्दै अदालतले पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको हो।
बस्नेतबाट पीडित भएको भन्दै आइतबार एक महिलाले जिल्ला प्रहरी परिसरमा फेरि जाहेरी दिएकी थिइन्। यसअघि दिएको जाहेरीमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले मुद्दा नचलाउने निर्णय गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णय विरुद्धको निवेदन उच्च अदालतमा विचाराधीन छ। त्यसको टुंगो लाग्न बाँकी रहेकाले जिल्ला अदालत, काठमाडौँले पक्राउ पुर्जी दिन अस्वीकार गरेको हो।
यसमा एमाले सचिव बस्नेतले अदालतको स्वागतयोग्य कदम भनेका छन्। बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको यो कदम स्वागतयोग्य छ।’
Shares

प्रतिक्रिया