राजनीति


दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति

दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
चैत १५, २०८२ आइतबार १९:२७, काठमाडौँ

पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ। 

आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

पूर्वमन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा आइतबार बिहान पक्राउ गरिएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन आइतबार अपराह्न जिल्ला अदालतमा उपस्थित गराइएको थियो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कासँग बयान लिने कार्य सुरु भए पनि उनीविरुद्धका प्रमाण बुझ्न र बयान गराउने लगायतका अनुसम्धान सम्बन्धी कार्य बाँकी रहेकाले हिरासतमा राख्न अनुमति मागेको थियो। विभागले गरेको माग मनासिव नदेखिएकोले अनुमति दिइएको जनाइएको छ। 

अदालतको आदेशमा भनिएको छ, ‘अनुमति माग गरेको बेहोरा मनासिव देखिँदा निज प्रतिवादी दीपक खड्‌कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम मिति २०८२ चैत १५ गतेदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद थपको अनुमती प्रदान गरिदिए‌को छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad