राजनीति


ओली र लेखकको म्याद थपको बहस सकियो

ओली र लेखकको म्याद थपको बहस सकियो

नेपालखबर
चैत १५, २०८२ आइतबार १४:३९, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ। 

आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा बहस भएको हो। म्याद थपका लागि प्रहरीले पूर्वमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको थियो। 

पूर्वप्रधानमन्त्री ओलीले भने अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा जोडिएका थिए। उनी त्रिवि शिक्षण अस्पतालमा छन्। 

जिल्ला अदालतमा भएको बहसमा सरकारी वकीलले ओली र लेखकलाई अनुसन्धानका लागि थुनामा राख्नुपर्ने बताएका थिए। ओली र लेखकको तर्फबाट बहस गरेका कानुन व्यवसायीले दुवै जनालाई थुनामा राख्न नहुने जिकिर गरेका थिए। 

अब केहीबेरमा न्यायाधीश श्रेष्ठको इजलासले म्याद थपको निवेदनमाथि निर्णय सुनाउनेछ। अनुसन्धानका लागि थुनामा राख्ने कि रिहा गर्ने भन्नेबारे आदेश हुनेछ। 

जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad