राजनीति


टिचिङ अस्पतालमै राखियो ओलीलाई

टिचिङ अस्पतालमै राखियो ओलीलाई

नेपालखबर
चैत १४, २०८२ शनिबार ११:२५, काठमाडौँ

जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा गिरफ्तार तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा भर्ना गरिएको छ। 

आज बिहानै भक्तपुरको गुन्डुस्थित निवासबाटै पक्राउ गरिएका ओलीलाई सुरुमा जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा लगिएका ओलीलाई त्यहीँ भर्ना गरिएको हो। 

‘डाक्टरले उहाँलाई हाम्रै निगरानीमा राख्नुपर्छ भनेकाले अस्पतालमै भर्ना गरिएको हो’, काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले नेपालखबरसँग भने। 

त्यही अभियोगमा शनिबारै बिहान भक्तपुरको कटुन्जेस्थित घरबाट पक्राउ गरिएका तत्कालीन गृहमन्त्री रमेश लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। 

तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् कांग्रेस नेता लेखकलाई प्रहरीले २ नम्बर गणमा लगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad