राजनीति


स्वास्थ्य जनशक्ति विदेशिने प्रणाली अन्त्य गर्छु: नवनियुक्त स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य जनशक्ति विदेशिने प्रणाली अन्त्य गर्छु: नवनियुक्त स्वास्थ्यमन्त्री मेहता

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १५:५१, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य जनशक्ति विदेश जाने प्रणाली अन्त्य गराउने गरी काम गर्ने बताएकी छिन्।

स्वास्थ्य मन्त्रालयमा आज पदवहाली गर्दै मन्त्री मेहताले  चिकित्सक, नर्सदेखि स्वास्थ्यका जनशक्ति नेपालमा अवसर नपाएर विदेश जाने प्रणाली अन्त्य गराउने जनाएकी छिन्। 

उनले स्वास्थ्यका जनशक्ति नेपालमा टिकाउन सके स्वास्थ्य क्षेत्रको विकास गराउन सकिने बताइन्। 

‘चिकित्सक, नर्स, पारामेडिसिन लगाएतका जनशक्तिलाई नेपालमा टिकाउन सके, स्वास्थ्य सेवा राम्रोसँग प्रवाह गर्न सकिन्छ,’ स्वास्थ्यमन्त्री मेहताले थपिन ‘स्वास्थ्य जनशक्तिको आत्मसम्मान वढाएर उहाँहरूको विज्ञता अनुसारको काम गर्न पाउने वातावरण बनाउनमा जोड दिने छु।’

स्वास्थ्य जनशक्तिलाई खुसी राख्न सके मात्र उनीहरूबाट स्वास्थ्य सेवा राम्रो प्रवाह हुन्छ भन्दै स्वास्थ्यमन्त्री मेहताले नर्सहरुको समस्या समाधान गर्ने बताइन्। 

स्वास्थ्य सेवा नपाएर मृत्यु हुने अवस्था अन्त्य गराउने पनि प्राथमिकतामा राख्ने बताएकी छिन्। 

स्वास्थ्यका समस्या अध्ययन गरेर मात्र थप निर्णय गर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad