राजनीति


जेनजी आन्दोलनको प्रतिवेदन अधुरो देखियो: कांग्रेस

जेनजी आन्दोलनको प्रतिवेदन अधुरो देखियो: कांग्रेस

नेपालखबर
चैत १२, २०८२ बिहिबार १८:३०, काठमाडौँ

नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ। 

बिहीबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवराज चालिसेले छानबिन प्रतिवेदन अपूरो रहेको टिप्पणी गरेका हुन्। ‘जेनजी आन्दोलनको जाँचबुझ आयोगको जुन प्रतिवेदन आएको छ यो प्रथम दृष्टिमै अपूर्ण देखिएको छ। अलि अधुरो देखियो,’ उनले भने, ‘यसले पूर्णतः बोकेको देखिँदैन।’

जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रस्तुत गर्न नसकेको चालिसेको भनाइ थियो। प्रतिवेदनले भदौ २३ को जेनजी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि भदौ २४ गतेका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न नसकेको उनले बताए।

‘भदौ २३ गतेको आन्दोलको बारेमा जति प्रकाश पार्ने कोसिश गरेको छ। २४ गतेको घटनालाई अलपत्र छोडेको देखियो। यद्यपि प्रतिवेदनलाई हामीले राम्ररी अध्ययन गर्न बाँकी छ,’ उनलेभ ने। 

चालिसेले प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानुनविद्, प्रशासनका जानकार, जेनजी आन्दोलनका अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिने उनले जानकारी दिए।

‘प्रतिवेदनबारे धारणा बनाउनको लागि कानुनका ज्ञाता तथा प्रशासनमा दक्षता भएका व्यक्तिहरू, जेनजी आन्दोलनका अभियान्ताहरू र विज्ञहरूको समिति बनाएर यसको हामीले अध्ययन गर्छौँ। अध्ययन गरेर हामी जेनजी जाँचबुझ आयोग र मानव अधिकार आयोगको प्रतिवेदनबारे आफ्नो धारणा बनाउँछ,’ चालिसेले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad