राजनीति


गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ: एमाले

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ: एमाले

नेपालखबर
चैत १२, २०८२ बिहिबार १८:१३, काठमाडौँ

नेकपा (एमाले)का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन्।

संघीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

‘प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो प्रतिबद्धता हुन्छ, सहकार्यको अपेक्षा हुन्छ’, एमाले सचिव अर्यालले भनिन्, ‘हाम्रो चाहना भनेको जनसेवा र राष्ट्रसेवा हो, यसका लागि धेरै लोकतान्त्रिक शक्तिहरुसँग मिलेर काम गर्नुपर्ने हुन्छ, मुलुकको विकास र समृद्धि जनताको आवाजलाई बुलन्द बनाउन आफ्ना भूमिकालाई प्रभावकारी बनाउँछौँ।’   

उनले संसद् सदस्यको हैसियत सपथ ग्रहण गरिरहँदा निजी उपलब्धि नभई जनताको विश्वास र अपेक्षासहितको जिम्मेवारी भएको बताइन्।

‘संसदमा हामी प्रतिपक्षको भूमिकामा हुनेछौँ, पारदर्शिता र सुशासन कायम गराउने विषयमा खबरदारी गर्ने काम गर्छौं’, उनले थपिन्, ‘अब बन्ने सरकारका निम्ति प्रतिपक्ष भएको हैसियतले विरोध नै गर्नुपर्छ भन्ने होइन, राम्रो काममा साथ र सहयोग रहन्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad