नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन समिति गठन गरेको छ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधन अध्ययन समिति गठन गरेको हो। सभापति गगन थापाले संविधान संशोधन अध्ययन समिति गठन गर्न प्रस्ताव राखेका थिए।
केन्द्रीय कार्यसमितिमा छलफलपछि उपसभापति पुष्पा भुसालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको सहमहामन्त्री योगेन्द्र चौधरीले बताए। समितिमा केन्द्रीय सदस्य २ जना रहने र ४ जना विज्ञ रहने उनले बताए।
समितिले संविधान संशोधन र परिमार्जनका विषयमा आवश्यक अध्ययन गरी संसदभित्र र बाहिर रहेका दल तथा सरोकारवालासँग छलफल गर्नेछ।
288
Shares

प्रतिक्रिया