राजनीति


योग-ध्यानसँगै दोस्रो दिन रास्वपाको अभिमुखीकरण सुरु, आज सभापति लामिछानेले सम्बोधन गर्ने

योग-ध्यानसँगै दोस्रो दिन रास्वपाको अभिमुखीकरण सुरु, आज सभापति लामिछानेले सम्बोधन गर्ने

नेपालखबर
चैत ४, २०८२ बुधबार ८:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरुको लागि सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रम आज दोस्रो दिन पनि सुरु भएको छ। 

योग–ध्यान कक्षासँगै दोस्रो दिनको अभिमुखीकरण कार्यक्रम सुरु गरिएको रास्वपाले जनाएको छ। 

रास्वपाले ललितपुरको होटल टुलिपमा मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो। 

कार्यक्रम आज सक्ने तयारी छ। रास्वपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार अन्त्यमा पार्टी सभापति रवि लामिछानेको सम्बोधनसँगै कार्यक्रम समापन हुनेछ। 

आज सुरुमा पूर्वसचिव डा.तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया, योजना तथा बजेट निर्माणबारे प्रशिक्षण दिँदैछन्। उनको प्रस्तुति बिहान ९ बजेदेखि सुरु भएको छ। 

ज्ञवालीको प्रशिक्षणपछि अर्का पूर्वसचिव प्रताप कुमार पाठकले ‘सुशासन स् अवधारणा र अभ्यास’ सम्बन्धमा प्रशिक्षण दिनेछन्। 

त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले पार्टी र सांसदको सम्बन्ध स् नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धता’का विषयमा प्रस्तुति दिनेछन् ।

प्रस्तुतिपछि सांसदहरुद्वारा एजेण्डा प्राथमिकता निर्धारण सम्बन्धमा समूह कार्य तथा प्रस्तुति रहने कार्यतालिका छन्।

मध्याह्न १२ बजेपछि हुने समापन सत्रमा प्रतिभा रावल र मनिष झाले एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुति प्रस्तुत गर्न सहजीकरण गर्नेछन्।

कार्यक्रममा जेनजी सांसदद्व प्रशान्त उप्रेती र खिमा विकले धन्यवाद मन्तव्य व्यक्त गर्ने तालिका छ। 

अन्त्यमा सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य राख्ने कार्यक्रम छ।

अभिमुखीकरण कार्यक्रमको रास्वपाका उपभासपतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले मंगलबार घण्टी बजाएर उद्घाटन गरेका थिए। 

उद्घाटन समारोहमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि सहभागी हुने भनिएको थियो। तर, वरिष्ठ नेता शाह भने हिजोको कार्यक्रममा उपस्थित भएनन्। 

उनी स्वास्थ्यको कारण कार्यक्रममा सहभागी नभएको बताइएको छ। हिजोको कार्यक्रममा सभापति लामिछाने पनि सहभागी भएका थिएनन्।

कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसद सहभागी छन्। रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय ८२  सिट जितेको छ। 

आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागि यो कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ। 

अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्वन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइएको रास्वपाले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad