इरानले मंगलबार राति इजरायलको राजधानी तेल अभिभ र आसपास धेरै क्षेप्यास्त्र आक्रमण गरेको छ।
स्थानीय प्रहरीले क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ।
इजरायलको एम्बुलेन्स सेवाका एक आपतकालीन कर्मचारीले एएफपीसँग भनेका छन्, 'भवनबाट धुवाँ निस्किरहेको थियोे, साथै गम्भीर क्षति र भाँचिएको सिसा पनि देखियो।'
उनले थपे, 'हामीले गम्भीर चोट लागेको अवस्थामा हलचल नगरेका दुई व्यक्ति पनि देख्यौँ।'
डाक्टरहरूले पछि तेल अभिभको पूर्वी भागमा क्षेप्यास्त्रका टुक्राबाट गम्भीर चोटपटक लागेका एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गरे।
अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
इरानका अनुसार इजरायल–अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।
Shares

प्रतिक्रिया