राजनीति


संसदीय दलको नेता बालेन्द्र शाह नै हुन्, छान्न केही समय लाग्छ: मनीष झा

संसदीय दलको नेता बालेन्द्र शाह नै हुन्, छान्न केही समय लाग्छ: मनीष झा

नेपालखबर
चैत १, २०८२ आइतबार १५:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ। 

आइतबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिएका हुन्।

उनले पार्टी सभापति रवि लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाई भएको बताए। उनले संसदीय दलको नेता बालेन्द्र साह नै हुने जानकारी पनि दिए।

उनले दलको नेता चयनमा कुनै आशंका नगर्न पनि आग्रह गरे। पूर्वसहमति र प्रतिवद्धताबाट दायाँबायाँ नहुने उनको भनाई छ।

उनले संसदीय दलको नेता छान्ने प्रक्रियाको लागि केन्द्रीय समितिको बैठक नै बस्नुपर्ने बताए। दलको नेता छान्न आन्तरिक र अनौपचारिक रुपमा भने छलफल भईरहेको उनले जानकारी दिए। 

उनले भने, ‘अझै पनि दलको नेता बनाउनको लागि हामीले प्रक्रियागत रुपमा अगाडी बढाउनको लागि केही नेताहरूको उपस्थितिको प्रतिक्षामा रहेको हुनाले स्वास्थ्य अवस्थाको कारण केही नेताहरूको उपस्थिति अझै पनि पर्खिनुपर्ने भएकोले हामीले कुरिरहेका छौँ। तर एउटा विषय स्पष्ट पारौँ, सोसँग सम्बन्धित, हामी त्यसमा जिम्मेवार छौँ र प्रतिवद्धता हामीले बिर्सेका छैनौँ। त्यसैले केही तलमाथि होला की भन्ने आशंका नगरियोस् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका वरिष्ट नेता साहलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेर पार्टीमा भित्र्याएको थियो। उक्त सहमति कार्यन्वयन गर्ने प्रवक्ता झाको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad