राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको छ। तर, आजको बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता दुवै सहभागी भएका छैनन्।
सभापति लामिछाने स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी नभएका एक नेताले जानकारी दिए। उनी भर्चुअल तरिकाबाट बैठकमा जोडिएका छन्।
तर, वरिष्ठ नेता बालेन भने भर्चुअल माध्यमबाट पनि बैठकमा जोडिएका छैनन्।
निर्वाचनबाट दुई तिहाइ नजिकको जित हासिल गरेको रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ।
अब अब बस्ने केन्द्रीय कमिटी बैठक र सचिवालयले विधान संशोधन गरेर बालेनलाई संसदीय दलको नेता बनाउने र त्यसपछि मात्रै उनी पार्टीका औपचारिक बैठकहरुमा सहभागी हुने बताइएको छ।
रास्वपाको आजको बैठकले समानुपातिक तर्फबाट सांसद बन्नेहरुको टुंगो लगाउने छ।
निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नामावली आजसम्ममा बुझाइसक्नुपर्ने जनाएको छ। एमाले र श्रम संस्कृति पार्टीले हिजै आफ्नो सूची निर्वाचन आयोगमा बुझाइसकेका छन्। रास्वपा, कांग्रेस, नेकपा लगायतका दलले आज सूची बुझाउँदैछन्।
Shares

प्रतिक्रिया