नेपाली कांग्रेसका सभापति गगन थापालाई राजीनामा नदिन मधेसका नेताले आग्रह गरेका छन्।
कांग्रेस नेतृत्वबारे देशव्यापी चर्चा भइरहेका बेला थापालाई थप अवसर दिँदै पार्टीलाई अझ सुदृढ बनाउनेतर्फ ध्यान दिनुपर्ने मधेस प्रदेश प्रचार प्रमुख नितेशकुमार गुप्ताले बताएका छन्।
निर्वाचनको दुई दिन मात्रै बाँकी रहँदा पनि सम्मानजनक ढंगले टिकट वितरण गर्दै पार्टीभित्र एकताको वातावरण बनाउन थापाले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। ‘गगन थापा एकताको लागि संघर्ष गर्ने नेता हुन्,’ उनले भने।
लोकतन्त्रमा हारजित स्वाभाविक प्रक्रिया भएको जनाउँदै उनले विचार, सिद्धान्त र जनताको विश्वास कहिल्यै नहार्ने जिकिर गरेका छन्। भविष्यमा थापाको नेतृत्वमा जनताले कांग्रेसलाई बहुमत दिने उनको भनाइ छ।
सबै मिलेर कांग्रेसलाई अझ बलियो बनाउँदै गाउँ-टोलसम्म संगठन विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याएका छन्।
Shares

प्रतिक्रिया