राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दुराष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ बहुमत पुर्याउन आफ्ना सांसदले सहयोग गर्ने बताएका छन्।
थापाले बिहीबार सामाजिक सञ्जालमार्फत रास्वपालाई संसद्मा दुईतिहाइ बहुमतका लागि २ सिट कम हुने देखिएको उल्लेख गर्दै यदि राप्रपाको एजेन्डामा सहमत हुने हो भने त्यसका लागि आफूहरू साथ दिन तयार रहेको बताएका हुन्।
‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ। यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दु राष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ’, थापाले लेखेका छन्।
यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा १६५ क्षेत्रमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ।
यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८ र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। अनि राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार (महावीर पुन) ले १/१ क्षेत्रमा विजय हासिल गरेका छन्।
यस्तै समानुपातिक प्रणालीबाट ११० सांसद चुनिँदै छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुईतिहाइ बहुमत पुग्न १८४ सिट चाहिन्छ।
निर्वाचन आयोगको तथ्यांकअनुसार समानुपातिकतर्फ १ करोड ८ लाख ३० हजार ८१५ मत सदर भएका छन्। जसमध्ये सबैभन्दा बढी रास्वपाले ५१ लाख ८१ हजार ३३० मत पाएको छ। तर पनि उसलाई दुईतिहाइ बहुमतका लागि २ सिट कम हुने अहिलेसम्मको आकलन छ।
यस्तै प्रत्यक्षतर्फ एक सिट मात्र जितेको राप्रपाले ३ लाख ३० हजार ६४९ समानुपातिक मत प्राप्त गरेको छ।
अब निर्वाचन आयोगले सिट बाँडफाँट गर्नेछ। र, त्यस आधारमा समानुपातिकतर्फ दलहरूले पाउने सिटका आधारमा सांसदको नाम सिफारिस गर्न पत्राचार गर्नेछ।
यस्तो छ बाँकी दलले पाएको समानुपातिक मत
नेपाली कांग्रेस : १७, ५८, ९०३
नेकपा एमाले : १४, ५५, ६६९
नेपाली कम्युनिस्ट पार्टी : ८, ११, ३९३
श्रम संस्कृति पार्टी : ३,८५, ८५२
जनता समाजवादी पार्टी, नेपाल : १,८१,८५०
राष्ट्रिय परिवर्तन पार्टी : १,७२,४९०
जनमत पार्टी : ७९,४०३
राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल : ६२,०६९
नेपाल मजदुर किसान पार्टी : ४२,२९४
राष्ट्र निर्माण दल नेपाल : ३९,५५७
राष्ट्रिय जनमोर्चा : २९,४५३
नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी : २९,३९६
नेपाल जनता संरक्षण पार्टी : २८,४०८
प्रगतिशील लोकतान्त्रिक पार्टी : २४,६७३
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) : २३,८५८
मंगोल नेशनल अर्गनाइजेशन : २०,८२९
आम जनता पार्टी/जनादेश पार्टी नेपाल : १९,२०९
सार्वभौम नागरिक पार्टी: १४,८८१
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल : १०,७२२
संयुक्त नागरिक पार्टी : ९,१४२
स्वाभिमान पार्टी : ८,१५६
राष्ट्रिय जनमुक्ति पार्टी : ७,२१०
नेपाल जनता पार्टी : ७,१६३
राष्ट्रिय एकता दल : ७,०७१
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) : ६,१७०
राष्ट्रिय गौरव पार्टी : ५,२४८
नेशनल रिपब्लिक नेपाल : ५,१६१
नेपालका लागि नेपाली पार्टी : ५,०१८
गतिशील लोकतान्त्रिक पार्टी : ४,९९३
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) : ४,८३२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : ४,६८०
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) : ४,५१४
राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल : ४,३१९
समावेशी समाजवादी पार्टी नेपाल : ४,२७९
नेपाल लोकतान्त्रिक पार्टी : ४,११९
नेपाल मातृभूमि पार्टी : ३,२२८
जय मातृभूमि पार्टी : २,९८०
राष्ट्रिय जनता पार्टी नेपाल : २,९३३
बहुजन शक्ति पार्टी : २,७७२
प्रजातान्त्रिक पार्टी नेपाल : २,२४५
नेपाल जनमुक्ति पार्टी : २,१७२
जनअधिकार पार्टी : २,११६
नेपाल सद्भावना पार्टी : २,०१८
पिपुल फर्स्ट पार्टी : १,८००
नेपाली कांग्रेस (बिपी) : १,७८७
नागरिक शक्ति, नेपाल : १,७३२
नेपाली जनश्रमदान संस्कृति पार्टी : १,६३८
नेपाली जनता दल : १,४५४
समावेशी समाजवादी पार्टी : १,३९७
जनता लोकतान्त्रिक पार्टी, नेपाल : १,३०३
सचेत नेपाली पार्टी/नागरिक सर्वोच्चता पार्टी नेपाल : १,१२९
जनप्रिय लोकतान्त्रिक पार्टी : ९५४
मितेरी पार्टी नेपाल : ७७२
उन्नत लोकतन्त्र पार्टी : ७२८
त्रिमूल नेपाल :६९४
Shares

प्रतिक्रिया