राजनीति


समानुपातिकमा एक करोड १२ लाख मत, कसले कति पाए?

समानुपातिकमा एक करोड १२ लाख मत, कसले कति पाए?

नेपालखबर
फागुन २७, २०८२ बुधबार १९:५६, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फको मतगणना पनि सकिएको छ। 

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा मंगलबार नै सार्वजनिक भएको थियो। समानुपातिकतर्फका ११० सिटका लागि पनि मतगणना सकिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए।

निर्वाचन आयोगका अनुसार, समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ८९८ मत खसेको छ। त्यसमध्ये एक करोड ८ लाख ३० हजार ८१५ मत सदर भएको सूचना अधिकारी घिमिरेले नेपालखबरलाई बताए। 

समानुपातिकतर्फ ४ लाख ५० हजार ८३ मत बदर भएका छन्। करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ। 

सदर भएका मतमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ८१ हजार ३३० मत पाएको छ। यो ४७.८ प्रतिशत हो। 

त्यस्तै, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३ मत पाएको छ। कांग्रेसले सदर मतको १६.२ प्रतिशत हो। 

नेकपा (एमाले)ले १४ लाख ५५ हजार ६६९ मत पाएको छ। यो १३.४ प्रतिशत हो। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ११ हजार ३९३ अर्थात ७.५ प्रतिशत मत पाएको छ। पाँचौ नम्बरमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ अर्थात ३.६ प्रतिशत र छैटौँ नम्बरमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ३० हजार ६४९ अर्थात ३.१ प्रतिशत मत पाएको छ। 

अन्य दलले ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत पाउन सकेनन्। समानुपातिकमा सिट पाउनका लागि सदर मतको ३ प्रतिशत मत आउनुपर्छ। 

समानुपातिकको मतगणना सकिएसँगै निर्वाचन आयोगले सिट बाँडफाँडमा लागेको छ। अब आयोगले दलहरूले पाउने सिटका आधारमा सांसदको नाम सिफारिस गर्न पत्राचार गर्नेछ। त्यसपछि आयोगले समानुपातिक सूचीबाट दलहरूका सांसद निर्वाचित भएको घोषणा गर्नेछ। 

अन्य दलले पाएको मत:

  • जनता समाजवादी पार्टी, नेपाल : १,८१,८५०
  • राष्ट्रिय परिवर्तन पार्टी : १,७२,४९०
  • जनमत पार्टी : ७९,४०३
  • राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल : ६२,०६९
  • नेपाल मजदुर किसान पार्टी : ४२,२९४
  • राष्ट्र निर्माण दल नेपाल : ३९,५५७
  • राष्ट्रिय जनमोर्चा : २९,४५३
  • नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी : २९,३९६
  • नेपाल जनता संरक्षण पार्टी : २८,४०८
  • प्रगतिशील लोकतान्त्रिक पार्टी : २४,६७३
  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी) : २३,८५८
  • मंगोल नेशनल अर्गनाइजेशन : २०,८२९
  • आम जनता पार्टी/जनादेश पार्टी नेपाल : १९,२०९
  • सार्वभौम नागरिक पार्टी: १४,८८१
  • राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल : १०,७२२
  • संयुक्त नागरिक पार्टी : ९,१४२
  • स्वाभिमान पार्टी : ८,१५६
  • राष्ट्रिय जनमुक्ति पार्टी : ७,२१०
  • नेपाल जनता पार्टी : ७,१६३
  • राष्ट्रिय एकता दल : ७,०७१
  • नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) : ६,१७०
  • राष्ट्रिय गौरव पार्टी : ५,२४८
  • नेशनल रिपब्लिक नेपाल : ५,१६१
  • नेपालका लागि नेपाली पार्टी : ५,०१८
  • गतिशील लोकतान्त्रिक पार्टी : ४,९९३
  • नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) : ४,८३२
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : ४,६८०
  • नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) : ४,५१४
  • राष्ट्रिय उर्जाशील पार्टी, नेपाल : ४,३१९
  • समावेशी समाजवादी पार्टी नेपाल : ४,२७९
  • नेपाल लोकतान्त्रिक पार्टी : ४,११९
  • नेपाल मातृभूमि पार्टी : ३,२२८
  • जय मातृभूमि पार्टी : २,९८०
  • राष्ट्रिय जनता पार्टी नेपाल : २,९३३
  • बहुजन शक्ति पार्टी : २,७७२
  • प्रजातान्त्रिक पार्टी नेपाल : २,२४५
  • नेपाल जनमुक्ति पार्टी : २,१७२
  • जन अधिकार पार्टी : २,११६
  • नेपाल सद्‍भावना पार्टी : २,०१८
  • पिपुल फर्ष्ट पार्टी : १,८००
  • नेपाली काँग्रेस (वीपी) : १,७८७
  • नागरिक शक्ति, नेपाल : १,७३२
  • नेपाली जनश्रमदान संस्कृति पार्टी : १,६३८
  • नेपाली जनता दल : १,४५४
  • समावेशी समाजवादी पार्टी : १,३९७
  • जनता लोकतान्त्रिक पार्टी, नेपाल : १,३०३
  • सचेत नेपाली पार्टी/नागरिक सर्वोच्चता पार्टी नेपाल : १,१२९
  • जनप्रिय लोकतान्त्रिक पार्टी : ९५४
  • मितेरी पार्टी नेपाल : ७७२
  • उन्‍नत लोकतन्त्र पार्टी : ७२८
  • त्रिमुल नेपाल :६९४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad