राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो माग गरेका हुन्।
विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे। उनले पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताए।
सांसद बस्नेतले गगन थापा लगायतका नेताहरुले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोप समेत लगाए
उनले भने, ‘विशेष अधिवेशन नामको एउटा भेला गरियो। र पार्टीलाई क्याप्चर गरियो। यो विशेष महाधिवेशनबाट सेटिङ अनुसार पार्टी क्याप्चर भएको हो। यो कुरा मैले हिजो पनि भनेको हो, अहिले पनि भन्छु, भोलि पनि भन्छु–निर्वाचन आयोगमा सेटिङ अनुसार क्याप्चर भएको हो पार्टी। यही विशेष अधिवेशनको कारणले आज हामी हारेका छौँ। फेरि उठ्नु छ। मैले भनिसकेँ–हामीमा एकता हुनुप¥यो। त्यो एकता भएन। विशेष महाधिवेशनको कारणले हारियो। गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो।’
सांसद थापाले कांग्रेसले जनताले दिएको म्यान्डेटलाई स्वीकार गर्दै अघि बढ्ने पनि बताए।
Shares

प्रतिक्रिया