राजनीति


संखुवासभा मतान्तर बढाउँदै एमाले, पछ्याउँदै रास्वपा

संखुवासभा मतान्तर बढाउँदै एमाले, पछ्याउँदै रास्वपा

नेपालखबर
फागुन २५, २०८२ सोमबार ७:२०, काठमाडौँ

एमालेका उम्मेदवारले अग्रता कायम गरिरहेको संखुवासभामा रास्वपाका उम्मेदवारले पछ्याइरहेका छन्। 

मतगणना जारी रहेको संखुवासभामा एमालेका अर्जुन कुमार कार्कीले अहिलेसम्म १० हजार १७७ मत ल्याएका छन्।

उता रास्वपाका मिङमा शेर्पाले ९ हजार १९४ मतसहित कार्कीलाई पछ्याइरहेका छन्। यहाँ एमालेका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्। 

उनीहरूबिचको मतान्तर ९८३ छ। यसअघिको विवरणमा यहाँ कार्की र शेर्पाको मतान्तर ७६६ थियो।

यहाँ नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ र श्रम संस्कृति पार्टीका उम्मेदवार उमा कुमारी राई पछि छन्। 

कांग्रेसका श्रेष्ठले अहिलेसम्म ७ हजार ६५९ मत पाएका छन् भने श्रम संस्कृति पार्टीकी राईले ५ हजार ९०४ मत ल्याएकी छन्। 

नेकपाकी सरिता थापाले जम्मा १९ सय ६७ भोट ल्याएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad