मत गणना जारी रहेको गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङले प्रतिस्पर्धीसँग मतान्तर अझ फराकिलो बनाउँदै लगेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गुरुङले १९ हजार २९७ मत पाएका छन्।
फराकिलो मतान्तरसहित उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले अहिलेसम्म ११ हजार १६७ मत पाएका छन्। उनीहरूबिचको मतान्तर ८ हजार १३० छ।
यसअघि आयोगले सार्वजनिक गरेको विवरणमा उनीहरुबीचको मतान्तर ६ हजार ४३४ थियो।
तेस्रो स्थानमा नेकपाका हरिराज अघिकारी छन्। उनले अहिलेसम्म ७ हजार २१६ मत पाउँदा चाैथो स्थानमा रहेका एमालेका रामचन्द्र लामिछानेले जम्मा २७ सय २ मत पाएका छन्।
660
Shares

प्रतिक्रिया