राजनीति


फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्ने अपेक्षा छ: आयोग

फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्ने अपेक्षा छ: आयोग

नेपालखबर
फागुन २४, २०८२ आइतबार १९:१, काठमाडौँ

निर्वाचन आयोगले यही फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्ने अपेक्ष गरेको छ। 

आयोगले आज विज्ञप्ति प्रकाशित गरी प्रत्यक्षतर्फ अब १० सिटको मात्रै अन्तिम परिणाम आउन बाँकी रहेको छ।

यस्तै, समानुपातिकतर्फ पनि ५० लाख मतगणना भइसकेको आयोगको भनाई छ।

‘हालसम्म प्रत्यक्ष तर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा  घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी छ। भोली दिउसो सम्ममा सबै निर्वाचन क्षेत्रको पणरत्यक्ष तर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ’ आयोगले भनेको छ, ‘समानुपातिकतर्फ खसेको १ करोड ९ लाख मत मध्ये हालसम्म ५० लाख (करीब ४६ प्रतिशत) को मतगणना सम्पन्न  भएको छ। पर्सी फागुन २७ गते बिहान सम्म समानुपातिक तर्फको सबै मत गणना भइसक्ने अपेक्षा गरिएको छ।’ 

समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्ने छ। 

निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्ने आयोगले जनाएको छ।
 
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र  उपलब्ध गराउने कार्य गर्नेछ। 

यही चैत ५ गते भित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्य सहित आयोगले काम गरिरहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad