प्रतिनिधि सभाको निर्वाचनमा शनिबार राति १२ बजेसम्म सम्पन्न मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ प्रतिशत मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार, अहिलेसम्म १३ लाख ५४ हजार ३८२ मत गणना भएको छ। जसमध्ये रास्वपाले ६ लाख ९१ हजार ६३७ मत प्राप्त गरेको छ। यो ५१.०५ प्रतिशत हो।
दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले २ लाख ३३ हजार ४७९ मत प्राप्त गरेको छ। यो १७.२३ प्रतिशत हो।
तेस्रो नम्बरमा रहेको नेकपा (एमाले)को १ लाख ८५ हजार ५७९ मत छ। एमालेले १३.७ प्रतिशत मत प्राप्त गरेको छ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८७ हजार ७०३ मत प्राप्त गरेको छ। यो ६.४७ प्रतिशत हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४९ हजार ५०८ मत प्राप्त गरेको छ। अहिलेसम्म राप्रपाको ३.६५ प्रतिशत मत पाएको छ।
श्रम संस्कृति पार्टीले पनि २६ हजार ५७९ मत पाएको छ। यो १.९६ प्रतिशत हो। अन्य दल भने १ प्रतिशत मत पनि पाउन सकेका छ्रैनन्।
Shares

प्रतिक्रिया