राजनीति


राजेन्द्र लिङ्देनले भने- तपाईँहरूको मन जित्ने कुरामा निरन्तर लागिरहनेछु

राजेन्द्र लिङ्देनले भने- तपाईँहरूको मन जित्ने कुरामा निरन्तर लागिरहनेछु

नेपालखबर
फागुन २३, २०८२ शनिबार २१:५, काठमाडौँ

प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो क्षेत्रका बासिन्दाको मन जित्ने कुरामा लागिरहने बताएका छन्। 

झापा-३ मा सम्पन्न मतगणनामा लिङ्देन पराजित भएका छन्। उनले १७ हजार २९४ मत पाए भने यो क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठकले ३८ हजार ६७४ मत पाएका छन्। 

चुनावमा पराजित भएपछि शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै लिङ्देनले आफूलाई मत दिने मतदाताप्रति आभार प्रकट गरेका छन्। ‘अत्यन्तै प्रतिकूल समयमा पनि राप्रपालाई विश्वास गरेर मतदान गर्नुहुने तथा यसपटक मत दिन असमर्थ सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु,’ उनले भनेका छन्। 

उनले आफ्नो क्षेत्रका बासिन्दाको साथमा रहने प्रतिबद्धता जनाएका छन्। ‘मैले सधैँ भन्दै आएको छु। चुनाव जित्नु नजित्नु अलग कुरा हो, मुख्य कुरा मन जित्ने कुरा हो। तपाईँहरुको मन जित्ने कुरामा निरन्तर लागिरहनेछु,’ लिङ्देनले भनेका छन्, ‘ म सधैँ तपाईँहरूको साथमा रहनेछु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad