गुल्मी २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् ।
पन्थीले १६ हजार ८७८ मतसहित निर्वाचित हुँदा निकटतमा प्रतिस्पर्धी एमालेका उम्मेदवार गोकर्ण बिष्टले १६ हजार ३८२ मत ल्याएका छन्। रास्वपाका पन्थीले एमाले उपाध्यक्ष विष्टलाई ४ सय ९६ मतान्तरले पराजित गरेका हुन्।
कांग्रेसका उमेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत पाएर तेस्रो हुँदा नेकपाका उमेदवार श्रीराम महतले तीन हजार ७९ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
435
Shares

प्रतिक्रिया