राजनीति


हेलिकोप्टरबाट आयो १३ मत, सङ्खुवासभामा अब हुनेछ गणना

हेलिकोप्टरबाट आयो १३ मत, सङ्खुवासभामा अब हुनेछ गणना

सुमन सुस्केरा
फागुन २३, २०८२ शनिबार ११:५३, काठमाडौँ

गोलिक विकटताका कारण दुई दिनदेखि रोकिएको सङ्खुवासभा-१ को मतगणना शनिबार दिउँसोबाट सुरु हुने भएको छ। जिल्लाकै सबैभन्दा दुर्गम मानिने भोटखोला गाउँपालिकास्थित 'थुदाम' मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम खाँदबारी ल्याइएपछि गणनाको बाटो खुलेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै केन्द्रका मतपेटिका सङ्कलन भइसकेकाले शनिबार दिउँसो १२:१५ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।

सेनाको हेलिकोप्टरबाट ढुवानी

सङ्खुवासभाका १ सय ६४ मतदान केन्द्रमध्ये थुदाम सबैभन्दा चुनौतीपूर्ण मानिएको थियो। ६३ जना मतदाता रहेको उक्त केन्द्रमा बिहीबार जम्मा १३ मत मात्रै खसेको थियो। विकट भूगोल र सडक पहुँच नभएका कारण उक्त मतपेटिका दुई दिनसम्म ल्याउन सकिएको थिएन।

शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरले मतपेटिका, मतदान अधिकृत र सुरक्षा प्रमुखलाई खाँदबारी अवतरण गराएको थियो। यसअघि शुक्रबार पनि भोटखोलाकै रिदाक र किमाथाङ्का तथा सिलिचोङ गाउँपालिकाका काम्पेक र गौथलाका मतपेटिकाहरू हेलिकोप्टरमार्फत नै ढुवानी गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad