ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजय उन्मुख देखिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अपरेटर प्रवीण कार्कीले दिएको जानकारीअनुसार खरेल निकै मतले अगाडि छन्।
शनिबार बिहान १०:४२ बजेसम्म खरेलले १३ हजार ७३५ मत ल्याएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महजर्नले १८५४ मतले पछ्याइरहेका छन्।
तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १४११ भोट ल्याएका छन्।
मतगणना जारी छ।
यसअघि निर्वाचन अधिकृतको कार्यालयले प्राप्त विवरणमा त्रुटि पाइएकाले सच्याइएको- सम्पादक।
699
Shares

प्रतिक्रिया