राजनीति


‘ह्याट्रिक’ गर्नबाट रोकिए सुवाल, भक्तपुरमा ढल्यो नेमकिपाको किल्ला

‘ह्याट्रिक’ गर्नबाट रोकिए सुवाल, भक्तपुरमा ढल्यो नेमकिपाको किल्ला

नेपालखबर
फागुन २३, २०८२ शनिबार ९:२१, काठमाडौँ

भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी भएका छन्। 

निर्वाचन आयोगकाअनुसार भक्तपुर १ मा नेमकिपाका प्रेम सुवालाई भारी मतान्तले पराजित गर्दै रन्जित विजयी भएका हुन्। 

रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा सुवालले २८ हजार १७८ मात्रै पाएका छन्। उनीहरुबीचको मतान्तर पाँच हजार २५८ छ। 

सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरत खड्काले २ हजार ४७२ र नेकपाका हरिराज लवजुले ११ सय ७७ मत पाएका छन्। 

यसअघि सो क्षेत्र नेपाल मजदुर किसान पार्टीको गढका रुपमा चिनिएको थियो। अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट सुवाल नै विजयी भएका थिए। 

०७९ को निर्वाचनमा भक्तपुर १ बाट सुवाल ३० हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए। 

सुवालले ४२ हजार ७६१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका थिए।

०७४ मा भएको निर्वाचनमा पनि यो क्षेत्रमा सुवाल नै विजयी भएका थिए।

लगातार दुईपटक चुनाव जितेका सुवाल यो निर्वाचनमा ह्याट्रिक गर्नबाट रोकिएका छन्। 

०४७ सालदेखि नै भक्तपुर १ नेमकिपाले चुनाव जित्दै आएको क्षेत्र हो। 

सुवालअघि यहाँबाट नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले हरेक चुनावमा फराकिलो मतान्तरसहित चुनाव जित्दै आएका थिए। 

भक्तपुर-२ मा पनि नेमकिपाका उम्मेदवार निकै पछि छन्। यहाँ पनि रास्वपाका राजीव खत्री प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अघि छन्। 

खत्रीले ३४ हजार ७०२ पाउँदा एमालेका महेश बस्नेतले ८ हजार ३५१ मत मात्रै पाएका छन्। चौथो स्थानमा रहेका नेमकिपाका रमेश वैधले जम्मा २९ सय ४१ मत मात्रै पाएका छन्। 

मतगणना जारी रहँदा यहाँ कांग्रेसका कविर राणाले ७ हजार ३२९ मत पाएका छन् भने नेकपाका रामप्रसाद सापकोटाले ११ सय १४ मत पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad