प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका झाले २७ हजार १५० मतान्तरले निर्वाचित भएका हुन्। उनले ४३ हजार १४२ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)की जुली महतोले ९ हजार ५१० मत पप्त गरिन्।
यस्तै, नेकपाका रामललित मण्डलले ५१६, जसपा नेपालका परमेश्वर साह सुडीले ४४५ र जनमत पार्टीका गोपालप्रसाद साहले २६७ मत पाएका छन्।
81
Shares

प्रतिक्रिया