हर्क साम्पाङको गृहजिल्ला खोटाङमा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शुक्रबार राति ११ बजेसम्म भएको श्रम संस्कृतिका आरेन राईले २ हजार ३७६ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरकाजी राईले १ हजार ४२५ मत पाएका छन्। नेकपाका हरि रोका तेस्रो स्थानमा छन्। उनले ७४२ मत पाएका छन्।
नेकपा (एमाले)का देवविक्रम राईले ६५५ मत पाएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा)का रुद्र गिरीले २७७, राप्रपाका दीपक तामाङले १५, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ११०, जसपा नेपालका सुनिल राईले ११, जसपाका राकेश राईले ३३, नेपाल कम्युनिस्ट पार्टीका चन्द्र बुढाथोकीले ७ मत पाएका छन्।
खोटाङमा अहिलेसम्म ६ हजार १७७ मत गणना भएको छ।
1.3k
Shares

प्रतिक्रिया