सुदूरपश्चिम प्रदेशका १६ मध्ये १४ निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ भने ७ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ५ क्षेत्रमा नेकपा (एमाले)ले अग्रता लिएको छ।
पछिल्लो मतपरिणामअनुसार, रास्वपाले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३, कैलालीका १, ३ र ५ तथा डडेल्धुरामा अग्रता कायम राखेको छ।
यस्तै, एमालेले मतगणना जारी १४ क्षेत्रमध्ये ५ क्षेत्रमा अग्रता कायम राखेको छ। एमालेले कैलाली २, अछाम २, डोटी, दार्चुला र बझाङमा प्रारम्भिक अग्रता कायम राखेको छ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस एक–एक स्थानमा अगाडि छन्। नेकपा अछाम १ अगाडि रहँदा कांग्रेस बैतडीमा अग्रस्थानमा रहेको छ।
कञ्चनपुर-१
रास्वपाका जनकसिंह धामी: ५८९१
नेकपाकी बिना मगर: २३०४ मत
कञ्चनपुर-२
कांग्रेसका एनपी साउद: ४०६४
एमालेका बचनबहादुर सिंह: ३१४५
कञ्चनपुर-३
रास्वपाका ज्ञानेन्द्र महता: ४७३१
कांग्रेसका हरिप्रसाद बोहरा: २०३६
एमालेका दीपक प्रकाश भट्ट: २००९
कैलाली-१
रास्वपाकी कोमल ज्ञवाली: ५१७७
कांग्रेसका जनकराज चौधरी: ४०४६
नेकपाका रामलाल डगौंरा थारू: २६२८
कैलाली-२
एमालेका सूर्यबहादुर थापा: १२८८
रास्वपाका केपी खनाल: ११२९
कांग्रेसका बिजयबहादुर स्वाँर: १०५१
कैलाली-३
रास्वपाका जगतप्रसाद जोशी: २६५२
नेकपाका विरमान चौधरी: २४०८
नाउपा नेपालका विक्रम चौधरी: १५५२
कैलाली-५
रास्वपाका आनन्दबहादुर चन्द: ८०६१
कांग्रेसका नरनारायण शाह: ३२०४
एमालेका यज्ञराज ढुंगाना: १९९१
डडेल्धुरा
रास्वपाका ताराप्रसाद जोशी: ४४०५
कांग्रेसका नैनसिंह महर: २७९१
नेकपाका मानसिंह माल: २५७६
बैतडी
कांग्रेसका चतुरबहादुर चन्द: ५३२
रास्वपाका हरिमोहन जोशी: ४८२
एमालेका दामोदर भण्डारी: ३९७
अछाम-१
नेकपाका भीमबहादुर रावल: २५३३
एमालेका दीपकबहादुर साउद: २२०४
कांग्रेसका भरतबहादुर स्वाँर: १९६१
रास्वपाका ओमप्रकाश रावल: २२८
अछाम-२
एमालेका यज्ञबहादुर बोगटी: ११९५
कांग्रेसका पुष्पबहादुर शाह: ७९३
रास्वपाका भूपदेव शाह: ६१०
डोटी
एमालेका दीपकबहादुुर धामी: ३२५१
कांग्रेसका भरतबहादुर खड्का: २५४१
रास्वपाका नरेन्द्रबहादुर खड्का: २२२५
नेकपाका चिलोचन भट्ट: १६७२
बझाङ
एमालेका ऐनबहादुर महर: २१३७
कांग्रेसका प्रकाश रसाइली: १९७४
रास्वपाका शैलेसकुमार सिंह: १२२५
दार्चुला
एमालेका गणेशसिंह ठगुन्ना: २०३
कांग्रेसका धर्मानन्द जोशी: १३६
रास्वपाका राजेशसिंह सामन्त: २५
Shares

प्रतिक्रिया