राजनीति


कर्णालीका १२ सिट: मुगुको मतपत्र संकलन बाँकी, अरु सिटमा कसको अग्रता?

कर्णालीका १२ सिट: मुगुको मतपत्र संकलन बाँकी, अरु सिटमा कसको अग्रता?

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १९:२, काठमाडौँ

कर्णाली प्रदेशका १२ सिटमध्ये १० सिटमा मतगणना भइरहेको छ। जसमध्ये तीन सिटमा कांग्रेसले अग्रता लिएको छ। 

कांग्रेसले सुर्खेत, दैलेख १ र जाजरकोटमा अग्रता लिएको छ। 

देशभर प्रभावशालि देखिएको रास्वपा कर्णालीमा भने कमजोर देखिएको छ। कर्णालीमा एक सिटमा मात्रै रास्वपाको अग्रता छ। सुर्खेत २ मा रास्वपा उम्मेदवार अगाडि छन्। 

रुकुम पश्चिममा प्रगतिशित लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले अग्रता लिँदा सल्यान र कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीको अग्रता छ।

दैलेखमा एमाले, जुम्लामा राप्रपाले अग्रता लिएका छन्। हुम्लामा भर्खरै गणना सुरु भएको छ। 

डोल्पाको मतगणना गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। 

मुगुमा भने मतपत्र नै संकलन भइसकेको छैन। त्यहाँका दुईवटा मतदान स्थलको मतपत्र पैदल ल्याइँदैछ।

आज टोली बास बसिसकेकाले शनिबार मात्रै मतपत्र संकलन हुने सुरक्षा कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी रामप्रकाश शाहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad