झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो अग्रतालाई झन् झन् फराकिलो बनाउँदै लगेका छन्।
भर्खरै सार्वजनिक मत परिणामअनुसार बालेनले ६ हजार ५५१ मत ल्याउँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले जम्मा १४ सय २८ मत ल्याएका छन्।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मदेवार मन्तरा चिमोरियाले जम्मा २१६ र नेकपाका रञ्जित तामाङले १६५ मत पाएका छन्।
यस क्षेत्रमा सुरुवातदेखि नै बालेनले अग्रता लिइरहेका छन्।
मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
1.1k
Shares

प्रतिक्रिया