राजनीति


सुनसरी १ मा पनि रास्वपाकै अग्रता, दोब्बर मतले पछि परे हर्क

सुनसरी १ मा पनि रास्वपाकै अग्रता, दोब्बर मतले पछि परे हर्क

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १६:१, विराटनगर

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को मतगणना निकै रोचक मोडमा पुगेको छ।

पहिलो एक हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन)ले अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाड्दै फराकिलो अग्रता कायम गरेकी छन् । पछिल्लो नतिजा अनुसार तामाङले ४६१ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेकी  छन् ।

​त्यस्तै, स्थानीय तहमा लोकप्रिय मानिएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५४ मत प्राप्त गरी तामाङलाई पछ्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र गोले १०७ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ९५ मत ल्याएका छन्।

​मनोज भट्टराई (तारा) ले ४१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बुले मात्र २० मत प्राप्त गरेका छन्।

धरान उपमहानगरपालिका वडा नम्बर १ बाट मत गणना सुरु भएको  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad