दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठकले सुरुवाती अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रास्वपाका पाठकले १ हजार ५१५ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ मत पाएका छन्।
नेकपा (एमाले)का रेवतीरमण शर्मा तेस्रो नम्बरमा छन्। उनले २२० मत पाएका छन्।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मेटमणि चौधरीले ८८ मत पाएका छन्। अहिलेसम्म २ हजार २२६ मत गणना भएको छ।
222
Shares

प्रतिक्रिया